ऋषभ पन्तको अब मुम्बईमा उपचार हुने
बुधबार, २० पुस २०७९, २१ : ४०

मुम्बई । घाइते क्रिकेटर ऋषभ पन्तलाई मुम्बई सार्ने तयारी पूरा भएको बीबीसीआईले जनाएको छ । देहरादुनको म्याक्स अस्पतालमा भर्ना भएका पन्तलाई एयर एम्बुलेन्सबाट मुम्बई लगिनेछ । पन्तलाई मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा भर्ना बीबीसीआईले बताएको छ ।
उनको उपचार खेलकुद मेडिसिन विभागका प्रमुख तथा आर्थ्रोस्कोपी एण्ड शोल्डर सर्भिसेजका निर्देशक डा। दिनशाव पर्दिवालाले गर्नेछन् । पन्तको लिगामेन्ट टियरको शल्यक्रिया गर्नुपर्ने भएको छ ।
ऋषभ पन्त ३० डिसेम्बरमा रुड़की नजिक कार दुर्घटनामा घाइते भएका थिए । बीसीसीआईले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘बोर्डले ऋषभको छिट्टै स्वास्थ्यलाभको लागि सम्भव सबै प्रयास गर्नेछ र उनलाई आवश्यक सबै सहयोग गर्नेछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म
-
पश्चिमबाट पूर्वतर्फ सर्दै बादल, ठाउँ ठाउँमा वर्षा
-
शाक्यको ‘करूणा’ माथि धुलिखेलमा विमर्श
-
कोहलीको रेकर्ड, सेफर्डको विस्फोटक ब्याटिङ : चेन्नईसामु विशाल लक्ष्य