झापामा कबड्डी खेल्नेक्रममा विद्यार्थीको मृत्यु
बुधबार, २० पुस २०७९, २१ : ५१
दमक । कबड्डी खेल्नेक्रममा झापाको दमक नगरपालिकामा एक विद्यार्थीको मृत्यु भएको छ । संखुवासभा भोटेखोला गाउँपालिका-४ घर भई दमक–४ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ अध्ययनरत १८ वर्षीय लाप्टुक भोटेको मृत्यु भएको हो ।
विद्यालयले बुधबार दिउँसो आयोजना गरेको खेलकुद प्रतियोगिताअन्तर्गत कबड्डी खेल्नेक्रममा भोटे अचानक बेहोस भएर मैदानमा लडेका थिए । उनको उपचारका लागि बिर्तामोडतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रहरीका अनुसार भोटे संखुवासभा जिल्लास्तरीय कबड्डी खेलाडी हुन् । -न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
-
वर्षापछि माइतीघर जलमग्न, तस्बिरहरू
-
सत्ता समीकरणबारे छलफल गर्न गण्डकी एमालेको बैठक बस्दै
-
औद्योगिक क्षेत्रको अनुगमन कर्मकाण्डी मात्र भएको भन्दै कांग्रेस सांसदहरूको असन्तुष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण