फरार अभियुक्त धमाधम पक्राउ गर्दै रौतहट प्रहरी
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटलगायत मातहत रहेका जिल्लाका सम्पुर्ण प्रहरी युनिटले फरारको सुचीमा रहेका अभियुक्तलाई पक्राउ गर्न तदारुकता देखाएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले गत पुस १४ गतेदेखि फरार अभियुक्त पक्राउ अभियान नै संचालन गरेका छन । अभियान संचालन गरेयता विभिन्न मुद्दामा दोषी ठहर भै फरारको सुचीमा रहेका १२ जनालाई जिल्लाको विभिन्न स्थान बाट पक्राउ गरी कानुनी कार्वाहीको दायरामा ल्याईएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए ।
त्यसैगरी यसअघि यस आर्थिक वर्षको साउनदेखि पुस १३ गतेसम्म जिल्ला प्रहरी तथा मातहतका युनिटहरुले अनुसंधानको क्रममा फरार रहेका ६२ तथा फैसला कार्वान्यनका लागि ३८ जना फरार अभियुक्तलाई पक्राउ गरिएको एसपी बुढामगरले जानकारी दिए । पक्राउ अभियुक्तसँग जिल्ला अदालतले तोकेको २ लाख ७५ हजार ६८४ रुपैया जरिवाना असुल प्रक्रिया अगाडि बढाईएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले बताए ।
त्यस्तै अदालतको फैसला अनुसार २१ वर्ष १ दिन कैद भुक्तानी बाँकी रहेका एक अभियुक्तलाई सजाय भुक्तानीको लागि जिल्ला कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटकोको तथ्यांकमा उल्लेख रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण