मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कपिलवस्तुमा काठ चोरीको आरोपमा एकजना पक्राउ

बिहीबार, २१ पुस २०७९, १० : २८
बिहीबार, २१ पुस २०७९

कपिलवस्तु । कपिलवस्तुमा अवैध रूपमा काठ चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सवडिभिजन वन कार्यालय खरेन्द्रपुरले काठसहित स्थानीय रुपेश थारुलाई पक्राउ गरेको हो । ९० क्युफिट काठसहित थारु पक्राउ परेका हुन् । थारु शिवराज नगरपालिका–३ स्थित भितारियाका बासिन्दा हुन् ।  

बरामद गरिएका काठमा विभिन्न साइजका ९२  थान चिरान रहेको वन कार्यालयले जनाएको छ । सहायक वन अधिकृत एजाज अन्सारीको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र वन रक्षकसहित भितारीया पुगेको टोलीले उक्त काठ बरामद गरेको थियो । 

छापा मार्नेक्रममा भितारीया गाउँका अधिकांश घरको आँगनबाट लुकाएर राखेको अवस्थामा चिरान काठ बरामद भएको डिभिजन वन कार्यालय गौतमबुद्धका प्रमुख दधिलाल कंडेलले बताए । 

कपिलवस्तु साझेदारी वन समितिको जङ्गलबाट चोरीगरी काठ ल्याएको वन कार्यालयका कर्मचारीको अनुमान छ । तस्करको पहिचान खुलेकाले तस्करविरुद्ध मुद्दा दर्ता गरी कारबाही गर्ने डिभिजन वन कार्यालयले जनाएको छ । बरामद गरेको काठ डिभिजन वन कार्यालयमा बुझाइएको उक्त टोलीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप