समाचार
बिक्री नभएपछि सुन आयात बन्द
बिहीबार, २१ पुस २०७९, १३ : ०३
काठमाडाै । बजारमा सुनको माग नभएपछि विदेशबाट हुने आयात रोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले विदेशबाट हुने सुनको आयात रोकिएको जानकारी दिएको हो । महासंघका अध्यक्ष मणिकरत्न शाक्यले अफ सिजन भएकाले माग नभएको र आयात समेत रोक्न अनुरोध गरेको बताए । महासंघले सुन आयात गर्ने जिम्मेवारी पाएको नेपाल बैंकर्स संघलाई सुन आयातको सिफारिस रोक्न अनुरोध गरेअनुसार आयात रोकिएको हो ।
अध्यक्ष शाक्यले भने, ‘यतिबेला नेपाली बजारमा सुनको मूल्य वर्षकै उच्च बिन्दुमा छ । यहि कारण, सुनको माग छैन । यस्तै, पुस महिना सुनको अफसिजन समेत हो ।’ यहि कारण, यतिबेला सुनको आयात रोकिएको उनले बताए । वाणिज्य बैंकहरूले केन्द्रीय बैंकको स्वीकृतीमा सुन आयात गर्दै आइरहेका छन् । व्यवसायीहरूले वाणिज्य बैंकसँग बजारको माग अनुसार सुन उठाउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण