राजनीति
लुम्बिनी प्रदेशमा सरकार गठनका लागि आह्वान
बिहीबार, २१ पुस २०७९, १४ : ३३
बुटवल । लुम्बिनी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका छन् । प्रदेश प्रमुखको कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दे सरकार गठनको लागि आह्वान गरेको हो ।
लुम्बिनीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते बुधवार ४ बजेसम्मको समय दिएका छन् । पुस १७ गते सांसदहरूको शपथग्रहण र १८ गते प्रदेश सभाको अधिवेशन सुरु भइसकेको छ ।
शेरचनले प्रदेश सभामा कुनै दलको बहुमत नभएकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सो समयभित्र बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेश गर्न आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिएका छन् । प्रदेश सभामा ८७ सदस्य रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री चौधरीद्वारा हात्ती प्रजनन तथा तालिम केन्द्रकाे निरीक्षण
-
काष्ठकलाकी सफल उद्यमी विष्णुकुमारीको प्रेरणादायी यात्रा
-
गणेश नेपाली र सुकुमबासी प्रकरणले तात्दै माइतीघर
-
स्ट्रेट अफ होर्मुज नजिक जहाजमाथि आक्रमण, एक भारतीय बेपत्ता
-
४२औँ वर्षमा नबिल बैंक : ‘बैंकिङ एण्ड बियोन्ड’ र एआईमार्फत भविष्यको नेतृत्व गर्ने घोषणा
-
‘नन्दप्रसाद जानुका स्मृति सम्मान’ शिक्षासेवी आत्माकृष्ण श्रेष्ठलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण