‘द आउट ल’को छायांकन सुरु
काठमाडौं । चलचित्र ‘द आउट ल’को शुभ–मुहूर्त गरिएको छ । बिहीबार ललितपुरको बगलामुखी मन्दिरमा निर्माण टिमले पूजा गर्दै फिल्मको शुभमुर्हतसहित छायांकन सुरु गरेको हो ।
४० दिन भित्र छायांकन सक्नेगरी चलचित्रको सुटिङ सुरु भएको हो । रेट्रो ग्रुपको व्यानरमा निर्माण गर्न लागिएको चलचित्रका निर्देशक बिक्की महर्जन हुन् । सुशील श्रेष्ठ, शिक्षा संर्गौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी लगायतका कलाकारको मुख्य भूमिका रहने चलचित्र पूर्ण एक्सन–थ्रिलर जनरामा निर्माण हुन लागेको हो ।
चलचित्रको प्रदर्शन नयाँ वर्षको दसैँ बताइएको छ । शशांक खड्का र अमित अग्रहरी निर्माता रहेको चलचित्रले कानुन नमान्ने व्यक्तिको कथा बोल्नेछ । चलचित्रका कार्यकारी निर्माता विनोद खडायत हुन् । २ करोड हाराहारी बजेट खर्च हुने अनुमान गरिएको यो चलचित्रका अधिकांश दृश्यको काठमाडौं उपत्यका भित्रै छायांकन हुनेछ ।
कोरोना महामारीपछि अभिनेता सुशीलको लागि यो कमब्याक प्रोजेक्ट हो । कार्यक्रममा सुशीलले राम्रो कथा र टिम पाएकोले चलचित्र अभिनय गर्न लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण