एकीकृत समाजवादीले परिस्थिति हेरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिने
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डलाई नेकपा एकीकृत समाजवादीले परिस्थिति हेरेर विश्वासको मत दिने भएको छ । पार्टी सचिवालय बैठकपछि बोल्दै पार्टी प्रचार विभाग प्रमुख खतिवडाले सबै परिस्थितिको आकलन गरेर मात्रै विश्वासको मत दिने नदिने निर्णय हुने बताए ।
प्रधानमन्त्री प्रचण्डले आगामी पुस २६ गते विश्वासको मत लिने तयारी गरेका छन् । एकीकृत समाजवादीले प्रचण्डलाई विश्वासको मत दिने नदिने विषयमा कुनै निर्णय गरेको छैन । सरकारका न्यूनतम साझा कार्यक्रम, मन्त्रालय भागवण्डा लगायत विविध विषयमा ख्याल गरेर मात्रै विश्वासको मत दिने तयारी गरेको हो ।
यसैबीच रातोपाटीसँग कुरा गर्दै खतिवडाले भने, ‘सरकारलाई समर्थन गर्ने नगर्ने भन्नेमा धारणा बनाउनै परेन ।’ साथै उनले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अध्यक्ष माधवकुमार नेपालबीचको भेटलाई ‘निजी भेट’, भन्दै विश्वासको मत दिनेबारे पार्टीले कुनै निर्णय नगरेको दोहोर्याए ।
‘त्यो उहाँहरुको निजी भेट हो, पार्टीलाई समर्थनका लागि प्रस्ताव आएको छैन, प्रस्ताव नै नआएपछि निर्णय गर्न नै परेन’, खतिवडाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण