स्याङ्जा प्रहरीको हिरासतबाट भागेका बलात्कार आरोपी फेरि पक्राउ
शुक्रबार, २२ पुस २०७९, ११ : ००
स्याङ्जा । स्याङ्जास्थित वडा प्रहरी कार्यालय वालिङबाट प्रहरीको घेरा तोडेर भागेका थुनुवालाई प्रहरीले पुनः पक्राउ गरेको छ । पुस १८ मा म्याद थप गरेर वडा प्रहरी कार्यालय वालिङको हिरासतमा राख्ने क्रममा वालिङ नगरपालिका–७ बस्ने २३ वर्षीय रमेश क्षेत्री भागेका थिए ।
अनुसन्धान विधिबाट खोजेर उनलाई पुस २० मा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी रवीन्द्र खनालले रातोपाटीलाई बताए । ४० वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो । १० गते पक्राउ परेका उनी पुस १९ मा भागेका हुन् । थुनुवा फरार भएपछि लखेट्ने क्रममा प्रहरी हवलदार हिरा सुनार घाइते भएको डीएसपी खनालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण