तिलोत्तमाका भूमिहीनलाई लालपुर्जा वितरण
रुपन्देही । रुपन्देहीको तिलोत्तमामा भूमिहीनलाई लालपुर्जा वितरण गरिएको छ । तिलोत्तमा नगरपालिका र नापी कार्यालय भैरहवाको समन्वयमा तिलोत्तमा नगरपालिका वडा नम्बर १५ र १७ का १ सय १० घरधुरीलाई लालपुर्जा वितरण गरिएको हो ।
बिहीबार एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरदेवी चौधरीले पुर्जा वितरण गरेका हुन । ७० वर्षदेखि भोगचलन गर्दै आएका भूमिहीनहरूले हालसम्म पनि जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाएका थिएनन् ।
लालपुर्जा वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख रामकृष्ण खाणँले जग्गाधनी पुर्जा वितरण गर्नु खुसीको कुरा भएको बताए । एक पुस्ता बितिसक्दा समेत लालपुर्जा नपाएका भूमिहीनहरूको लागि खुसीको कुरा भएको उनले बताए । व्यवसाय गर्न ऋण लिन, विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूका लागि समेत लालपुर्जाले अव सहज हुने उनले उल्लेख गरे ।
नगरपालिकाका उपप्रमुख जागेश्वरदेवी चौधरीले लालपुर्जा वितरणले स्थानीयमा खुसी छाएको बताइन् । नापी कार्यालय भैरहवाका प्रमुख सुग्रीव यादवले तिलोत्तमा १५ नम्बर वडामा ३५ घरधुरी र १७ नम्बर वडाका ७५ घरधुरीलाई गाउँ ब्लक अन्तर्गतको लालपुर्जा वितरण गरिएको बताए ।
रुपन्देहीमा गाउँ ब्लक संख्या १८५० रहेकोमा ६ सय ब्लकमा काम सकिएको र लालपुर्जा वितरण समेत भैसकेको उनको भनाई छ । जग्गा धनी पुर्जा दिन बाँकी १३ सय ५० गाउँ ब्लकमा विभिन्न चरणमा काम भइरहेको बताउँदै उनले लालपुर्जा नभएको क्षेत्रमा प्रक्रिया पुरा गरी वितरण गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण