स्ववियू निर्वाचनको मिति घोषणाको माग गर्दै अनेरास्ववियूद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
अनेरास्ववियू केन्द्रीय कमिटीले स्ववियू निर्वाचन प्रस्तावित मितिमै गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ज्ञापन पत्र बुझाएको छ ।
केन्द्रीय अध्यक्ष सुदन पराजुलीको नेतृत्वका प्रधानमन्त्री निवास बालुवाटार पुगेर सो ज्ञापन पत्र बुझाइएको हो । आम विद्यार्थीहरूको हक, अधिकार र प्रतिष्ठाको पैरवीकर्ता स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नभएको १४ वर्ष भइसकेको आस्थामा पनि निर्वाचन हुने निश्चित नभएकोले प्रस्तावित मिति चैत्र ५ गते नै निर्वाचन हुने सुनिश्चितता गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरिएको छ ।
'प्रधानमन्त्रीको जिम्मेवारीले सबै विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यथासक्य घोषणा गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्न निर्देशन गरिदिनुहुन सम्माननीय प्रधानमन्त्री समक्ष अनेरास्ववियू केन्द्रीय कमिटी हार्दिक अनुरोध गर्दछ ' ज्ञापन पत्रमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण