सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

‘सरकारको नीतिगत प्राथमिकता र कार्यक्रम’ प्रधानमन्त्रीलाई बुझाइँदै, त्यसपछि सार्वजनिक

शुक्रबार, २२ पुस २०७९, १७ : १७
शुक्रबार, २२ पुस २०७९

काठमाडौँ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको समितिले तयार गरेको ‘सरकारको नीतिगत प्राथमिकता र कार्यक्रम’ शनिबार हस्तान्तरण गरिने भएको छ । शुक्रबार कार्यदलले मस्यौदालाई तयार गरेकामा त्यसमा आवश्यक थपघट गरेर शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई औपचारिक रुपमा बुझाउन लागिएको हो । 

सत्ता साझेदार सबै दलका कार्यदल सदस्यको राय सुझावलाई समेटिएकाले  शनिवार प्रधानमन्त्री प्रचण्डलाई फाइनल प्रतिवेदन बुझाउने कार्यदलका सदस्य एवम राप्रपाका नेता धवलशमशेर राणाले बताए । ‘हामीले सरकारले तय गर्ने आगामी नीगित र कार्यक्रम सम्बन्धी प्रतिवेदन आज बसेर छलफल गर्यौँ । केही विषयमा थप घट गर्नुपर्ने भएकाले फाइनल गरेर भोलि प्रधानमन्त्रीज्यूलाई प्रतिवेदन बुझाउँछौं’ रातोपाटीसँग कुरा गर्दै राणाले भने, ‘सबै दलको योजना र कार्यक्रम समेटेर संशोधन गरेर भोलि फाइनल ड्राफ्ट प्रधानमन्त्रीज्यूलाई बुझाएपछि  सार्वजनिक हुन्छ, त्यसपछि मात्रै कार्यन्वयनमा जान्छ ।’

‘सरकारको नीतिगत प्राथमिकता र कार्यक्रम’ मा नीतिगत तथा संरचनागत सुधार, शिक्षा, स्वास्थ्य, ऊर्जा, कृषि, पूर्वाधारलगायतका विषयलाई प्राथमिकता दिइएको छ ।  कार्यदलको संयोजकमा पौडेल सहित सदस्यमा माओवादीका वर्षमान पुन, राप्रपाबाट धवल शमशेर राणा, राष्ट्रिय स्वतन्त्र पार्टीका मुकुल ढकाल, जसपाका रकम चेम्जोङ रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप