पुस २६ अघि नै कांग्रेस यो सरकार ढाल्न लागिपर्यो : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल र प्रभावकारी बनाउनुपर्ने बताएका छन् । शनिबार पार्टी संसदीय विभागले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो सरकारलाई असफल पार्ने प्रयासमा कांग्रेस लागिरहेको भन्दै पुस २६ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिन सबै सांसदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन समेत दिए ।
‘पुस २६ गते सबै साथीहरु कुनै इफ बट हुँदैन । भनेको समयमा संसदमा एक मिनेट ढिला नगर्नुहोला’, ओलीको भनाइ छ । उनले सरकारलाई विश्वासको मत दिएर सफल पार्नुपर्ने भन्दै वर्तमान सरकार नेपालीले बनाएको बताए । ‘सरकारलाई विश्वासको मत दिने काम गर्नुपर्छ । यो नेपालीहरुले बनाएको सरकार हो । यसलाई सफल सरकार बनाउन चाहान्छौ हामी । यसले सहि नीति लिओस्, भ्रष्टाचार नसहोस्, सक्रियतापूर्वक अघि बढोस् । हामी यो चाहान्छौ । त्यसैले यसलाई बहुमत दिएर हामीले पुष्टि गर्नुपर्छ’, ओलीको भनाइ छ । उनले यो सरकारलाई पुस २६ अघि नै ढाल्न कांग्रेस लागि परेको पनि बताए ।
‘यो सरकार असफल पार्ने प्रयास बेस्सरी भएका छन् । कांग्रेस सभापति माननीय शेरबहादुर देउवाले वीइ वील कम ब्याक भनिरहरनुभएको छ’, ओलीले थप भने, ‘संकेत उहाँले २६ गते नै ढाल्छौ अनि आउँछौ भनेको हो ।’ ओलीले कांग्रेसले खुद्रा खेल खेलिरहेको भन्दै एउटा पार्टीको अध्यक्षलाई बोलाएर प्रधानमन्त्री बाँड्ने काम गरिरहेको बताए । उनले कांग्रेसले यो सरकारले विश्वासको मत पाएन भने संविधानको धारा ७६ को ३ अनुसार ठुलो दलको नेताले प्रधानमन्त्री पाउने भएपनि उनीहरुको धन्दा यो सरकार ढाल्न नै केन्द्रीत हुने बताए । उनले यो सरकारले विश्वासको मत नपाए धारा ५ अनुसार सरकार बन्ने तर यो सरकार ढले ७६ को ३ अनुसार सरकार बन्ने बताए । एमाले त्यसतर्फ नलाग्ने भन्दै यहि सरकारलाई सफल र प्रभावकारी बनाउन लाग्ने ओलीको भनाइ छ ।
अध्यक्ष ओलीले केही शक्तिहरुले कम्पाउण्डबाट झरेर यसरी नेपालमा नेपालीले नै सरकार बनाउन कहाँ पाइन्छ ? यसलाई फेरफार गर्नुपर्छ भनेर लागिरहेको भन्दै भने ‘यति भन्न बाध्य भएको हुँ कि हामी हाम्रा छिमेकी सबैसँग समान सम्बन्ध राख्न चाहन्छौं, यहाँ सरकार बन्दा इगोको विषय बनाउनुपर्ने आत्तिनुपर्ने केही पनि छैन ।’
ओलीले नेपालमा अस्थिरताको डरलाग्दो र संगठित प्रयासलाई एमालेले असाधारण ढंगले कोर्स परिवर्तन गरेको दावी गर्दै नेपालमा नेपालीले सरकार बनाउन र चलाउन नपाइने प्रयासलाई असफल पारिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण