आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

घरमै पुगेर बोलाउँदा पनि दादुराको खोप लगाउने न्यून

आइतबार, २४ पुस २०७९, ०६ : २३
आइतबार, २४ पुस २०७९

नेपालगन्ज उपमहानगरपालिका ८ मा शनिबार १५ जना दादुराका बिरामी फेला परे । पुस २२ गतेसम्ममा यो वडामा चार जना बिरामी देखा परेका थिए । अहिले यो वडामा बिरामीको सङ्ख्या १९ जना पुगेको छ । 

सङ्क्रमितको सङ्ख्या बढ्दो रहेको यो वडामा दादुराविरुद्धको खोप लगाउनेको सङ्ख्या भने न्यून छ । वडामा माइकिङ गरिएको छ भने महिला स्वयंसेविका घरघरमा पुगेर खोप लगाउन बोलाइरहेका छन् । घरमै गएर बोलाउँदा पनि खोप लगाउन इच्छा न्यून देखिएको छ । 

नेपालगन्जमा पुस २२ गतेदेखि दादुराविरुद्धको खोप लगाउन सुरु गरिएको छ । २२ गते यो वडामा ७० जनाले खोप लगाएका छन् । २३ गते ८१ जनाले खोप लगाएका छन् । नेपालगन्ज त्यही वडा हो जहाँ हात्तीपाइले रोगविरुद्ध खोप अभियानमा पनि न्यून उपस्थिति हुने गर्दछ । यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप