प्रदेश १ : एमाले नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्दै
आइतबार, २४ पुस २०७९, १० : १७

विराटनगर । एमाले नेता तथा प्रदेश १ का पूर्वमन्त्री हालका प्रदेश सांसद हिक्मतकुमार कार्की प्रदेश १ को नयाँ मुख्यमन्त्री बन्ने भएका छन् ।
गठबन्धन दलहरु प्रदेश १ सरकारको नेतृत्व एमालेलाई दिन सहमत भएसँगै उनी मुख्यमन्त्री बन्ने निश्चित भएको हो । कार्की हाल प्रदेश १ एमाले संसदीय दलका नेता हुन् ।
१ नम्बर प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सरकारको मुख्यमन्त्री दाबी गर्न दलहरूलाई दिएको समय सीमा आज साँझ ५ बजे सकिँदैछ । तोकिएकै समय सीमाभित्र दाबी पेश गर्ने गरी छलफलमा जुटिएको नेताहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने