कर्जाको आकार बढ्दै जानु वित्तीय प्रणालीमा आर्थिक संकटको संकेत : पूर्व अर्थमन्त्री खतिवडा
काठमाडौं । पूर्व अर्थमन्त्री तथा पूर्व गभर्नर युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाले कर्जाको आकार भन्दा गुणस्तर बढाउन आवश्यक रहेको बताएका छन् । आइतबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री खतिवडाले बैङ्कहरूले कर्जाको आकार बढाउँदा जोखिम आउन सक्ने भन्दै बैंक तथा वित्तीय संस्थाले कर्जाको आकार भन्दा गुणस्तर बढाउन आवश्यक रहेको बताएका हुन् ।
उनले बैंकको पुँजीकरण वृद्धिको लाभ विद्युतीय क्षेत्रले लिए पनि कृषि क्षेत्रले लिन नसकेको बताए । खतिवडाले बैंक तथा वित्तीय क्षेत्रको कर्जा अर्थतन्त्रको आकार बराबर भएको भन्दै कर्जाको आकार बढ्दै जाँदा वित्तीय प्रणालीमा आर्थिक सङ्कटको सङ्केत भएको उल्लेख गरे ।
उनले भने, ‘देशको वित्तीय प्रणालीले ठुलो फड्को मारेको छ । बैङ्कहरूमा राखेको निक्षेप डुब्दैन भन्ने विश्वास बढेको छ । बैंकिङ पुँजीबजार लगायत सम्पूर्ण वित्तीय क्षेत्रमा सूचना प्रविधिको प्रयोग ह्वात्तै बढेको छ । लेजर खाता पल्टाएर भुक्तानी तथा कारोबार फर्छ्यौट गर्ने केन्द्रीय बैंक इन्टरनेटमा कारोबार गर्ने भएको छ । एक दशक अघिबाट नेपाल राष्ट्र बैंकले प्रविधिमा आधारित भएर कारोबार गर्न नसकेको भए महाभूकम्पको कारण भौतिक संरचना ध्वस्त भएको अवस्थामा तत्काल सरकारी कारोबार र बैंकिङ सेवा सुचारु हुन सम्भव थिएन ।’
‘पुँजीबजारमा प्रविधिको विकास र संरचनात्मक सुधारको कार्य नगरिएको भए अहिले ५५ लाख डिम्याट पुग्ने थिएनन् । पुँजी बजारको सयौँ वर्ष लामो इतिहास भएको देशमा डिम्याट खाता सङ्ख्या जनसङ्ख्याको अनुपातमा ६ प्रतिशत मात्रै रहँदा नेपालमा १९ प्रतिशत पुगेको छ । एक दशकमा बैंक तथा वित्तीय संस्थाको पुँजीकोष ८ गुणाले बढेको छ । बैंकको पुँजी वृद्धिको कारण बैंकको सम्पत्ति अधिक मात्रामा बढ्न गई दक्षिण एसियामा नेपालका बैंकको पुँजीकरण माथि पुग्यो,’ उनले थपे, ‘कुलगार्हथ्य उत्पादनको अनुपातमा गत वर्ष बैंकहरुको सम्पत्ति १२३ प्रतिशत पुग्यो । विश्वका १४० मुलुकको कुन गार्हस्थ्य उत्पादनको अनुपातमा बैंकको पुँजीकरणको तुलना गर्दा नेपाल २१ औँ उच्च पुँजीकरण भएको देशमा पुगेको छ । बैंकको पुँजीकरणको लाभ विद्युतीय क्षेत्रले लाभ लियो तर कृषि क्षेत्रले लिनसकेको छैन । बैंक तथा वित्तीय क्षेत्रको कर्जा अर्थतन्त्रको आकार बराबर हुन पुगेको छ । अझै ठुलो हुने अवस्था देखिएको छ । जुन भोलिको दिनमा वित्तीय प्रणालीको लागि सङ्कटको सङ्केत हो । त्यसैले कर्जाको आकार भन्दा गुणस्तर बढाउन आवश्यक भएको छ । नियमन क्षेत्रमा बसेर आर्थिक प्रणालीको स्थायित्व र दीर्घकालीन विकासको लागि सुधार गर्न कठोर कदम चाल्दा लोकप्रिय हुन सकिँदैन ।’
बैंक तथा वित्तीय संस्था परिसंघले अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै खतिवडालाई सम्मान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण