अल हिलालसँग बराबरीमा रोकियो रियल
बिहीबार, ०५ असार २०८२, ०६ : ५६
सारांश
- रियल मड्रिड क्लब विश्वकप फुटबल प्रतियोगिताको पहिलो खेलमा अल हिलालसँग बराबरीमा रोकियो।
- खेलमा रियलका लागि फ्रहान ग्रासियाले गोल गरे भने अल हिलालका लागि रुवेन नेभेसले पेनाल्टीमार्फत गोल फर्काए।
- समूह एच अन्तर्गत रियलले १ अंक जोड्यो भने अल हिलालले पनि १ अंक जोड्यो।
एजेन्सी । स्पेनिस फुटबल क्लब रियल मड्रिड क्लब विश्वकप फुटबल प्रतियोगिताको पहिलो खेलमा बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा अग्रता जोगाउन नसक्दा रियल अल हिलालसँँग बराबरीमा रोकिएको हो ।
हार्ड रक्स मैदानमा भएको खेलमा रियलले अल हिलालसँँग १–१ गोलको बराबरी खेलेको हो । खेलमा रियलले ३४औँ मिनेटमा अग्रता लिएको थियो । रियलका लागि फ्रहान ग्रासियाले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
रियलले उक्त अग्रता लामो समय जोगाउन सकेन । अल हिलालका लागि रुवेन नेभेसले खेलको ४१औँ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै टिमलाई बराबरीमा रोके ।
प्रतियोगिताको पहिलो खेलमा बराबरी खेलेको रियलले समूह एच अन्तर्गत एक खेलबाट १ अंक जोडेको छ । यता अल हिलालले पनि १ अंक जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण