शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा १६ शय्याको स्वास्थ्य केन्द्र शिलान्याश

आइतबार, २४ पुस २०७९, २१ : ०६
आइतबार, २४ पुस २०७९

बुटवल । बुटवलमा अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्र बन्ने भएको छ । बुटवल उपमहानगरपालिका–१३, बेलबासमा १६ शय्याको अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्र निर्माणको शिलान्याश गरिएको छ ।

बुटवलका नगरप्रमुख खेलराज पाण्डेयले स्वास्थ्य केन्द्र शिलान्याश गर्दै तिनाउ नदीदेखि पश्चिम भेगको समान विकास र समान सुविधाका लागि बेलबासमा स्वास्थ्य केन्द्र निर्माण गर्न लागिएको बताए ।

उनले स्वास्थ्य केन्द्रमा तिनाउ नदी पश्चिमका बासिन्दाले लाभ लिनसक्ने बताउँदै त्यसका लागि बुटवल उपमहानगरले सुविधा र जनशक्ति विस्तार गर्दै जाने बताए ।

बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले एशियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा १ करोड ५७ लाख लागत अनुमान गरिएको जानकारी दिए ।

स्वास्थ्य केन्द्रमा नर्स, प्यारामेडिक्ससहितका स्वास्थ्यकर्मीहरु रहने र सामान्यदेखि अक्सिजन दिएर उपचार गर्नेसम्मका सेवा प्रवाह हुने जनाइएको छ । स्वास्थ्य केन्द्रको जनशक्ति तथा आवश्यक पूर्वाधार व्यवस्थापन बुटवल उपमहानगरले गर्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप