बुटवलमा १६ शय्याको स्वास्थ्य केन्द्र शिलान्याश
बुटवल । बुटवलमा अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्र बन्ने भएको छ । बुटवल उपमहानगरपालिका–१३, बेलबासमा १६ शय्याको अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्र निर्माणको शिलान्याश गरिएको छ ।
बुटवलका नगरप्रमुख खेलराज पाण्डेयले स्वास्थ्य केन्द्र शिलान्याश गर्दै तिनाउ नदीदेखि पश्चिम भेगको समान विकास र समान सुविधाका लागि बेलबासमा स्वास्थ्य केन्द्र निर्माण गर्न लागिएको बताए ।
उनले स्वास्थ्य केन्द्रमा तिनाउ नदी पश्चिमका बासिन्दाले लाभ लिनसक्ने बताउँदै त्यसका लागि बुटवल उपमहानगरले सुविधा र जनशक्ति विस्तार गर्दै जाने बताए ।
बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले एशियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा १ करोड ५७ लाख लागत अनुमान गरिएको जानकारी दिए ।
स्वास्थ्य केन्द्रमा नर्स, प्यारामेडिक्ससहितका स्वास्थ्यकर्मीहरु रहने र सामान्यदेखि अक्सिजन दिएर उपचार गर्नेसम्मका सेवा प्रवाह हुने जनाइएको छ । स्वास्थ्य केन्द्रको जनशक्ति तथा आवश्यक पूर्वाधार व्यवस्थापन बुटवल उपमहानगरले गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरको पत्रकारिता इतिहास : स्थानीय सञ्चारको प्रामाणिक दस्ताबेज
-
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
-
होल्डिङ सेन्टरमा बाढी पसेपछि सुकुमबासी परिवारको बिचल्ली (तस्बिरहरू)
-
न्याय खोज्दै फेरि मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’
-
एआईबाट सिर्जित सङ्गीत पहिचान गर्न नयाँ लेबलिङ प्रणाली सार्वजनिक
-
अघिल्लो वर्षको तुलनामा बढ्यो राजश्व संकलन, अनुदानमा पनि वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण