गण्डकीमा आज नयाँ सरकार बन्दै, एमालेका खगराज मुख्यमन्त्री
गण्डकी प्रदेशमा आज नयाँ सरकार गठन हुनेछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २१ गते ५ दिनको समय दिएर मुख्यमन्त्रीमा दावी गर्न दलहरुलाई आह्वान गरेका थिए । उनले दिएको समय आज अपरान्ह ४ बजे सकिँदै छ । त्यसअघि नै सत्ता गठबन्धनका दलहरु बहुमत हस्ताक्षरसहित एमालेका खगराज अधिकारी मुख्यमन्त्रीमा दावीका लागि जाने बुझिएको छ ।
एमाले सांसद रोशन गाहाका अनुसार ३२ जना सांसदको हस्ताक्षर तयार भैसकेको छ । अहिले त्यसैका लागि एमाले संसदीय दलको बैठक चलिरहेको छ । यसपछि गठबन्धन दलका नेताहरुबीच बैठक बसेर मुख्यमन्त्रीको दावी पेस गर्न जाने गाहाले बताए । आइतबार नै दावी गर्ने तयारी थालेको सत्ता गठबन्धन केन्द्रको निर्णय नआएका कारण रोकिएको हो ।
गण्डकीमा कांग्रेस र एकीकृत समाजवादी बाहेकको सरकार बन्दै छ । एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसदको हस्ताक्षर संकलन गरिएको उनले बताए । पहिलो दल कांग्रेससँग २७ सीट छ भने स्वतन्त्र जितेर एसमा पसेका राजीव गुरुङ (दीपक मनाङे) पनि प्रतिपक्षमा हुने छन् । मुख्यमन्त्रीमा दावी गर्नुअघि नै मन्त्रालयको समेत बाँडफाँट भैसक्ने बताइएको छ । न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण