चितवनमा पोथी गैँडा मृत फेला
सोमबार, २५ पुस २०७९, १५ : ०५
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एउटा पोथी गैँडा मृत अवस्थामा फेला परेको छ ।
निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत कुजौली रेन्जपोष्टको कार्यक्षेत्र भित्र पर्ने नारायणी नदीको भँगालोको किनारामा आइतबार बिहान निकुञ्जको नियमित संयुक्त गस्ती टोलीले अन्दाजी १८ वर्षको पोथी गैँडा मृत अवस्थामा फेला परेको हो ।
उक्त गैँडाको खाग खुर सुरक्षित रहेको र प्राकृतिक कारणले मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जानकारी दिएको छ । योसँगै चालु आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा हालसम्म ७ बटा गौडाको मृत्यु भएको कार्यालयको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण