गण्डकीमा कांग्रेस मात्रै प्रतिपक्षी
पोखरा । नयाँ सरकार गठन भएसँगै गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस मात्रै प्रतिपक्षमा रहने भएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा २७ सिटको कांग्रेस प्रतिपक्षमा पुग्यो ।
यसअघि एकीकृत समाजवादी छिरेको दाबी गरेका दीपक मनाङेले पनि सरकारलाई समर्थन गरेपछि सत्ताको पक्षमा ३३ सिट पुगेको छ । सुरुमा कांग्रेस नेतृत्वमा सरकार बन्ने लगभग निश्चित थियो । तर राजनीतिक समीकरण फेरिएपछि पहिलो पार्टी कांग्रेस एकाएक सत्ता विमुख भयो ।
मङ्सिर ४ को निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धन बनाएर चुनाव लडेको माओवादीले कांग्रेसको साथ छोडेर एमालेसँग मिलेपछि केन्द्रसहित सातै प्रदेशमा कांग्रेस सत्ताबाट बाहिरिएको हो ।
योसँगै गण्डकीमा डेढ वर्षअघि माओवादीकै कारण सत्ता च्युत भएको एमाले अहिले माओवादीकै साथले सत्तामा पुगेको छ । एमालेका खगराज अधिकारी मुख्यमन्त्री बनेका छन् भने सोमबार नै थप ३ मन्त्रीको शपथ भएको छ ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण