शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा कांग्रेस मात्रै प्रतिपक्षी

मङ्गलबार, २६ पुस २०७९, ०७ : ०२
मङ्गलबार, २६ पुस २०७९

पोखरा । नयाँ सरकार गठन भएसँगै गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस मात्रै प्रतिपक्षमा रहने भएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा २७ सिटको कांग्रेस प्रतिपक्षमा पुग्यो । 

यसअघि एकीकृत समाजवादी छिरेको दाबी गरेका दीपक मनाङेले पनि सरकारलाई समर्थन गरेपछि सत्ताको पक्षमा ३३ सिट पुगेको छ । सुरुमा कांग्रेस नेतृत्वमा सरकार बन्ने लगभग निश्चित थियो । तर राजनीतिक समीकरण फेरिएपछि पहिलो पार्टी कांग्रेस एकाएक सत्ता विमुख भयो । 

मङ्सिर ४ को निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धन बनाएर चुनाव लडेको माओवादीले कांग्रेसको साथ छोडेर एमालेसँग मिलेपछि केन्द्रसहित सातै प्रदेशमा कांग्रेस सत्ताबाट बाहिरिएको हो । 

योसँगै गण्डकीमा डेढ वर्षअघि माओवादीकै कारण सत्ता च्युत भएको एमाले अहिले माओवादीकै साथले सत्तामा पुगेको छ । एमालेका खगराज अधिकारी मुख्यमन्त्री बनेका छन् भने सोमबार नै थप ३ मन्त्रीको शपथ भएको छ । 

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप