शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कर्णाली एमाले : सरकारबारे निर्णय गर्ने अधिकार यामलाललाई

मङ्गलबार, २६ पुस २०७९, १७ : ४०
मङ्गलबार, २६ पुस २०७९

सुर्खेत । कर्णाली प्रदेश नेकपा (एमाले) संसदीय दलको बैठकले सम्पूर्ण जिम्मेवारी दलका नेता यामलाल कँडेललाई दिएको छ । 

मंगलबार बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी हुने–नहुने, समर्थन गर्ने, नगर्ने लगायतका विषयमा निर्णय गर्ने अघिकार कँडेललाई दिएको हो । 

बैठकमा सहभागी प्रदेश सहइञ्चार्ज गुलाबजङ्ग शाहले सभामुखको बारेमा समेत निर्णय गर्ने अधिकार दल नेताका लागि दिइएको बताए । १३ सिट रहेको एमालेले मुख्यमन्त्रीमा प्रमुख दाबी गरिरहेको थियो । तर केन्द्रबाट नै नेकपा माओवादी केन्द्रको भागमा परेपछि एमाले चिढीँएको छ । 

प्रदेश प्रमुख तिलक परियारले भोलि बुधबार पाँच बजेसम्मका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् । एमालेले भने आजको बैठकबाट समर्थन गर्ने गर्ने भन्नेबारे निष्कर्ष निकालेको छैन ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप