शिवम् सिमेन्टको उपहार योजना-राजकुमार घिसिङ र फेवा कन्स्ट्रक्सन बने विजेता

काठमाडौं । शिवम सिमेन्टले शिवमसँग उपहार टन्न पहिलो चरणको योजना सम्पन्न गरेको छ । सिमेन्टले आज एक कार्यक्रमको आयोजना गरेर योजनाअन्तर्गतको पुरस्कार आफ्ना बिक्रेता र उपभोक्तालाई वितरण गरेको हो ।
कम्पनीले ३० जना उपभोक्ता र ४० जनालाई उपहार वितरण गरेको हो । जसमध्ये प्रथम पुरस्कार जित्ने २ जना भाग्यशाली जोडीले थाइल्याण्ड भ्रमणको अवसर पाएका छन् । यस्तै, दोस्रो पुरस्कारका लागि ४ जोडीले हेलिटुर पुरस्कार पाएका छन् ।
यसका साथै, तेस्रो पुरस्कारस्वरुप ६ जनाले आधा किलो चाँदी जितेका छन् भने चौथो पुरस्कार अन्तर्गत ८ जनाले हिराको औंठी समेत जितेका छन् । अन्य पुरस्कार १० जना जोडीलाई माउन्टेन फ्लाइट उपहार जितेको कम्पनीले जानकारी दिएको छ । यसमा २ सयदेखि ५ सयसम्म वा १५ ग्राम चाँदी, २।५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का र सुनको सिक्री जित्ने योजना राखिएको छ । यो योजना मंसिर १८ देखि नेपालभर लागू गरिएको हो ।
कम्पनीले २० बोराभन्दा बढी सिमेन्ट खरिद गर्ने ग्राहकलाई हात खाली नजाने उपहार योजना ल्याएको थियो । यो उपहार अन्तर्गत ग्राहकले २० बोरा सिमेन्ट खरिद गरेसँगै स्क्रयाच कुपन प्राप्त गर्ने कम्पनीले जनाएको छ । पहिलो लक्की ड्र कार्यक्रममा उपभोक्ता तर्फ प्रथम पुरस्कार बाग्मती–पोखरा क्षेत्रबाट राजकुमार घिसिङ र उपत्यका बाहिरबाट फेवा कन्ष्ट्रक्सनका दुई भाग्यशाली जोडीले थाइल्यान्ड भ्रमण अवसर प्राप्त गरेका छन् ।
दोस्रो पुरस्कार अन्तर्गत सुदीप कार्की, कविता श्रेष्ठ, बाबुराम घिमिरे तथा समान्तर निर्माण सेवाका ४ जोडी विजेताले हेलिटुर पुरस्कार बापत जितेका छन् । तेस्रो पुरस्कार अन्तर्गत बालकृष्ण मिश्र, पुरुषोत्तम रेग्मी, जेशना कोण्डा, रामधनु राई, जानुका कार्की र राजन गुप्ताले आधा केजी चाँदीको उपहार प्राप्त गरेका छन् । चौथो पुरस्कार अन्तर्गत ८ जनालाई हिराको औंठी तथा अन्य पुरस्कार १० जोडीलाई माउन्टेन फ्लाइट उपहार प्राप्त गरेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इस्तानबुलमा हुने युक्रेन शान्ति वार्तामा पुटिन नजाने भएपछि रिसाए जेलेन्स्की
-
ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए
-
कोशीमा समुदायगत धार्मिक द्वन्द्व चुनौती बनेको निष्कर्ष
-
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ नेपाल भ्रमणमा
-
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
-
बङ्गलामुखीको बार आज कुन राशिलाई कति लाभ ?