मोटरसाइकल पुलको रेलिङमा ठोकियो, एकको मृत्यु
झापा । झापामा अनियन्त्रित भएर पुलको रेलिङमा ठोकिएको मोटरसाइकल र अर्को मोटरसाइकल एकापसमा ठोकिँदा जनाको मृत्यु भएको छ ।
मंगलबार साँझ मेचीनगर नगरपालिका वडा नम्बर ७ निन्दा पुलस्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे २ प ७०९२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको मे ५ प १९४३ नम्बरको मोटरसाइकलले आफै अनियन्त्रित भई पुलको रेलिङमा ठोकिँदा ठक्कर दिएको थियो ।
सो क्रममा मे २ प ७०९२ नम्बरको मोटरसाइकल चालक मेचीनगर नगरपालिका वडा नम्बर १० बस्ने वर्ष ५३ का सूर्य नारायण चौधरी घाईते भएका थिए । उनको एन्जल मेडिकल धुलाबारीमा उपचार भई रहेको र मे ५ प १९४३ नम्बरको मोटरसाइकल मेचीनगर नगरपालिका वडा नम्बर १ बस्ने वर्ष ३३ का सुसाहाङ नेम्वाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना हुने दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ भने सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
-
लुम्बिनीका विद्युतीय बसः अन्य विमानस्थलमा सेवा सुरु, भैरहवामा भने अझै अलपत्र
-
आँप महोत्सव सम्पन्न : मुख्यमन्त्रीको प्रतिबद्धताले हौसिए किसान
-
एकै विश्वकप दिवसमा डच राजपरिवारका लागि दोहोरो ठुलो सफलता
-
धनगढी उपमहानगरद्वारा २ अर्ब ६४ करोडको बजेट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण