शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

खाना नपकाएको निहुँमा श्रीमान्‌को लात्ती प्रहारबाट श्रीमतीको मृत्यु

बुधबार, २७ पुस २०७९, १० : ५१
बुधबार, २७ पुस २०७९

झापा । झापामा श्रीमान्‌को लात्ती प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । मंगलबार राति भोजपुर स्थायी ठेगाना भएर झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ९ स्थित खरबन्दीमा बस्दै आएका विश्वराज घिसिङले आपसी विवादमा श्रीमतीलाई लात्ती प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो । 

स्थानीय वीर बहादर भुजेलको घरमा डेरा गरी बस्ने वर्ष घिसिङले श्रीमती प्रमिलालाई खाना नपकाएको कारण झैझगडा गरी पेटमा लात्तीले हानेका थिए । 

प्रहरीले घिसिङलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप