राष्ट्रिय सभा उप–चुनावका लागि दल दर्ताको समयसीमा आज सकिँदै
बिहीबार, २८ पुस २०७९, ०८ : ११

काठमाडौं । आउँदो माघ २५ गते हुने राष्ट्रिय सभाको रिक्त रहेको सदस्य पदको उप–चुनावमा भाग लिन निर्वाचन आयोगले दिएको दल दर्ताको समयसीमा आज सकिने भएको छ । आयोगका अनुसार बुधबारसम्म दुईवटा दलले मात्रै निवेदन दिएका छन् ।
अहिलेसम्म नेकपा (एकीकृत समाजवादी) र बहुजन शक्ति पार्टीले निवेदन दिएको आयोगले जनाएको छ । लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभाको एक जना सदस्य पदका लागि आउँदो माघ २५ गते उप–चुनाव हुने भएको छ । लुम्बिनी प्रदेशको अन्य समूहबाट निर्वाचित सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि पद रिक्त हुन गएको हो ।
आयोगले गएको २४ गते सूचना निकालेर संविधानको धारा २७१ अनुसार दल दर्ताका लागि आह्वान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलमा ‘अहिलेसम्मकै ठुलो’ डढेलो, तस्बिरहरू
-
सीड फाइनान्सियल एकेडेमीद्वारा ग्र्याजुएसन समारोह सम्पन्न
-
युक्रेनकाे खेरसनमा ड्रोन आक्रमण, कम्तीमा सात जनाको मृत्यु
-
नामी र सेरेसले सुरु गरे अफर
-
पहलगाम आक्रमणमा ज्यान गुमाएका लेफ्टिनेन्टकी पत्नी भन्छिन्, ‘मुस्लिमहरू विरुद्ध नजानुहोस्’
-
राजसंस्थालाई चिहानबाट फर्काउन असम्भव : एमाले सचिव विष्ट