‘तिम्रो मेरो साथ’ को चितवनमा प्रिमियर
काठमाडौँ । शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘तिम्रो मेरो साथ’को बुधबार साँझ चितवनमा भब्य प्रिमियर गरिएको छ । चिनवनको सिजी मलको सिने प्लेक्स हलमा आयोजित प्रिमियरमा दर्शकको उल्लेख्य उपस्थिति थियो । प्रिमियरमा दर्शकले फिल्म राम्रो भएको प्रतिक्रिया दिएको निर्देशक रमेश एमके पौडेलले बताए । ‘प्रिमियरमा सहभागी सबैले फिल्मले मन छोयो भनेका छन्’ निर्देशक पौडेलले भने, ‘सार्वजनिक प्रदर्शनमा भने के हुने डर लागेको छ ।’ फिल्मको प्रदर्शन पनि राम्रो हुने आशा गरिएको उनले सुनाए ।

प्रिमियरका लागि काठमाडौंबाट निर्देशकको पौडेलको साथमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, अभिनेता पुष्प खड्का र सन्दीप क्षेत्री लगायत सहभागी थिए । फिल्म प्रिमियर अगाडि कलाकार टोली केही दिनदेखि जारी चितवन महोत्सव २०७९ मा पनि सहभागी भएको थियो । केही फिल्मको निर्माणपछि निर्देशनमा होमिएका पौडेलको यो डेब्यु फिल्म हो । फिल्ममा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, इमिली लामा, सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण