महिला तथा पुरुष क्लब भलिबल : हेल्प नेपाल समूह विजेता
काठमाडौँ । टिप टप हेल्प नेपाल सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुष तर्फ समूह विजेता बन्न सफल भएको छ । क्वाटरफाइनल प्रवेश गरि सकेको समूह डी मा रहेको हेल्प नेपालले समूह चरणको तीनै खेलमा जित निकाल्दै ९ अंकका साथ समूह विजेता बनेको हो । आज भएका खेलमा हेल्प नेपालले मधेस प्रदेशलाई २५–१८, २५–२२ र २५–८ ले पराजित गरेको हो ।
यस्तै सोहि समूहबाट समूह उपविजेताको रुपमा बागमती प्रदेशको केशवलाल स्मृति भलिबल प्रशिक्षण केन्द्र क्वाटरफाइनल प्रवेश गरेको छ । तीन खेलमा २ जित र एक हार ब्यहोरेको केशवलाल स्मृतिको ६ अंक रहेको छ । आज भएको खेलमा केशवलाल स्मृतिले बुढानिलकण्ठ भलिबल क्लबलाई २७–२५, २५–१८ र २५–१६ ले पराजित गरेको हो ।
समूह सी तर्फ गण्डकी प्रदेश समूह उपविजेता बन्दै क्वाटरफाईनल प्रवेश गरेको छ । गण्डकीले तीन खेलमा दुई खेल जित्दै ६ अंकका साथ क्वाटरफाइनल यात्र तय गरेको हो । गण्डकीले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–१२, २५–९ र २५–१० ले पराजित गर्न सफल भएको हो । यस समूहमा तीनै खेलमा जित निकाल्दै नेपाल पुलिस क्लब टिम बिजेता बनिसकेको छ ।
यस्तै महिला तर्फको समूह ए को खेलमा समूह विजेता र उपविजेताको छिनोफानोका लागि भएको प्रतिस्पर्धामा पुलिसले विजेताको उपाधी हात पार्यो । आज सम्पन्न खेलमा साविक विजेता होङग्वान्जी न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३–२ सेटमा पराजित गर्दै पुलिस समूह विजेता बनेको हो । पुलिसले न्यू डायमण्डलाई २५–२२, २२–२५, २५–१४, २३–२५ र १५–१० को संघर्षपूर्ण जित निकालेको हो ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको महिला समूह बी को खेलमा एपिएफले वियय प्राप्त गरेको छ । एपिएफको यो लगातार दोश्रो जित हो । पहिलो खेलमा गण्डकी प्रदेशलाई जितेको एपिएफले आज कृष्ण सेकेन्डरी एकेडेमीमाथि २५–४, २५–६ र २५–३ को सहज जित निकाल्दै ६ अंकका साथ सेमिफाईनलमा स्थान बनाउन सफल भएको हो । अब समूह विजेता र उपविजेताको टुङ्गो भोलि आयोजना हुने सेना र एपिएफको प्रतिस्पर्धाबाट लाग्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
-
रास्वपा सुनसरीको अधिवेशनमा हात हालाहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण