शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री अधिकारीले  मागे विश्वासको मत

शुक्रबार, २९ पुस २०७९, १४ : २३
शुक्रबार, २९ पुस २०७९

पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सांसदसँग विश्वासको मत मागेका छन् ।  ३३ सांसदको समर्थन लिएर एमालेकाबाट मुख्यमन्त्री दावी पेस गरेका अधिकारीले  प्रदेश सभामा कांग्रेससँग पनि विश्वासको मत मागे  छन्  । अधिकारीले प्रदेश समृद्धका लागि एक जुट भएर काम गर्ने र भ्रष्टाचार शून्य प्रदेश बनाउने भन्दै आफूलाई विश्वासको मत दिन आह्वान गरेका हुन् । 

राजस्व वृद्धि,  सडक सञ्जाल विस्तार गर्न आफू नेतृत्वको सरकारले काम गर्ने प्रतिवधर्ता व्यक्त गरे । तर, प्रदेशमा कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जनाएको छ  । कांग्रेस संसदीय दलको नेता सुरेन्द्र पाण्डेले बाहिर बसेर रचनात्मक काम गर्ने बताए । उनले सरकारले साथमा साथ लिएर अगाडि बढे समृद्धिको यात्रामा कांग्रेसको साथ रहेन बताए । 

गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एकीकृत साजवादीबाट १ जना सांसदको छन् । यसरी अधिकारीले ३२ सांसदको विश्वासको मत पाउने देखिन्छ ।  २८ संसद प्रतिपक्षमा बस्ने निश्चित भएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप