ठमेलबाट अपहरण गरी फिरौती लिने तीन पाकिस्तानी पक्राउ

काठमाडौं । एक पाकिस्तानी नागरिकलाई काठमाडौंको ठमेलबाट बन्धक बनाइ फिरौती लिएका तीन पाकिस्तानी पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाकिस्तानी नागरिकहरु मुहम्मद रासिद, मुहम्मद आसिफ र मुहम्मद फिदा हुसैन छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार वैदेशिक रोजगारीका लागि क्यानाडा जान नेपालबाट सजिलो हुन्छ भन्दै पाकिस्तानबाट काठमाडौं बोलाएर पाकिस्तानी नागरिक मोहम्मद सामी खानलाई निजहरुले ठमेलस्थित होटलमा बस्न लगाएका थिए ।
उनीहरुले बायोमेट्रिक लगायतका प्रक्रिया पूरा गर्न भन्दै होटलबाट ट्याक्सीमा राखेर पुस २४ गते दिउँसो साढे २ बजेको समयमा बुढानीलकण्ठस्थित भाडाको घरमा पु¥याएर निजको आँखामा पट्टी तथा हातखुट्टासमेत बाँधेर बोल्न नसक्ने गरी बन्धक बनाएर राखेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार आरोपित तीनै जनाले पीडितका पाकिस्तानमा रहेका भाइलाई आफू क्यानाडा जान लागेको र ३० घण्टासम्म मोबाइल अफ हुन्छ भनेर म्यासेजसमेत गर्न लगाएका थिए । ३० घण्टापछि पीडितलाई फेरि आफ्नो भाइलाई म्यासेजमार्फत आफू क्यानाडाको इमिग्रेसनमा रोकिएको र पैसा बुझाएमात्र प्रवेश दिन्छ भनेर पाकिस्तानमा ३० लाख पाकिस्तानी रुपैयाँ र २४ हजार दिरामसमेत गरी २५ लाख ६६ हजार ६९७ नेपाली रुपैयाँ फिरौती रकम लिन सफल भएका थिए ।
रकम लिइसकेपछि निजहरुले पीडित मोहम्मद सामी खानलाई पुस २६ गते राति अन्दाजी साढे १० बजे ट्याक्सीमा राखेर सिनामंगलस्थित सडकमा पाकिस्तान फर्कनु भनेर छाडी फरार भएको प्रहरीको भनाइ छ । निजहरुलाई पुस २८ गते बुढानीलकण्ठस्थित भाडाको घरबाट दसीका सामानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जब बाबुराम भट्टराईले आफू एसएसलसीमा बोर्ड फस्ट भएको खबर रेडियोबाट सुने
-
हेलिकप्टर दुर्घटना : ९ अमेरिकी सैनिकको मृत्यु
-
दलका प्रमुख सचेतकहरु भन्छन्– राजनीतिक ‘अस्त्र’ बनाएका कारण नागरिकता विधेयक अघि बढ्न सकेन
-
सूर्यविनायक–साँगा छ लेन सडकखण्डको विस्तार सुरु
-
सरकार र मिटरब्याज पीडितबीच भोलि वार्ता हुने
-
मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीमा दुई जनाको मृत्यु