युक्रेनी शहर सोलेदार कब्जा गरेको रुसको दाबी
रुस । रुसले पूर्वी युक्रेनी शहर सोलेदारलाई आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ । आफ्नो सेनाले बिहीबार उक्त शहरलाई आफ्नो कब्जामा लिएको क्रेमलिनले दाबी गरेको हो । युद्ध मैदानमा महिनौँको असफलतापछि आफ्नो यो पहिलो विजय भएको पनि उसले बताएको छ ।
“सोलेदार शहरको मुक्ति पूरा भयो, यसले डोनेट्स्क क्षेत्रमा आक्रमक कारबाहीलाई थप सफल तुल्याउन मार्ग प्रशस्त गर्नेछ,” रुसी रक्षा मन्त्रालयले शुक्रबार एक वक्तव्यमा भनेको छ । युक्रेनले रुसी दाबीलाई अस्वीकार गर्दै युद्धको केन्द्रबिन्दु बनेको उक्त शहरमा ‘गम्भीर सङ्घर्ष’ जारी रहेको बताएको छ ।
युक्रेनी सशस्त्र सेनाले कठिन परिस्थितिमा पनि स्थितिलाई नियन्त्रणमा राखेको सेनाको पूर्वी समूहका प्रवक्ता सर्गी चेरेभाटीले बताएका छन् । उक्त शहरमा दुवै पक्षले भारी क्षति भएको स्वीकार गरेका छन् । युद्ध मैदानमा बारम्बार अपमान झेलेपछि आक्रामक बनेको मस्कोलाई उक्त स्थानमा पराजित गरेरै छाड्ने दृढताका साथ युक्रेन अघि बढरहेकोे छ ।
राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले युक्रेन युद्धबारे छलफल गर्न बैठकको तयारी गरिरहेको बेला सार्वजनकि भएको रुसी दाबीले परिस्थितिलाई अझ जटिल बनाउने ठानिएको छ । रुसले सोलेदारमाथि कब्जा जमाउन आफ्नो मुख्य सैन्य मोर्चालाई डोनेट्स्क सारेको जनाउँदै युक्रेनका उपरक्षा मन्त्री गन्ना मल्यारले दुवै देश युद्धको कठिन चरणमा पुगेका केही समयअघि बताएका थिए ।
राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोलेदार र छिमेकी बाख्मुटको रक्षा गर्न युक्रेनी सेनालाई आवश्यक पर्ने सबै किसिमका सैन्य सामग्री उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । रक्तपातपूर्ण भयङ्कर लडाईका निम्ति अत्याधुनिक हातहतियार प्रदान गर्ने उनले बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण