शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ

शनिबार, ३० पुस २०७९, ०६ : ०४
शनिबार, ३० पुस २०७९

सरकार र नेपाल राष्ट्र बैंकले आयातमा कडाइ तथा अनुत्पादक क्षेत्रमा लगानीमा कडाइ गरेपछि मुलुकको अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ जान थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार ५ महिनामा आयात घटेकाले र निर्यातमा सुधार भएकाले विदेशी मुद्रा सञ्चिति बढेको छ ।

आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा संघीय सरकारले पुँजीगत खर्चमा उल्लेखनीय प्रगति गर्न नसके पनि चापमा परेको अर्थतन्त्र केही सहज भएको छ । तथापि आर्थिक वर्ष २०७९/०८० को पाँच महिनामा ३३ अर्ब ९९ अर्ब रुपैयाँ पुँजीगत खर्च भएको छ । गत वर्षको तुलनामा पुँजीगत खर्च बढेको हो । गत वर्षको पाँच महिनामा २८ अर्ब ४० करोड रुपैयाँ मात्र पुँजीगत खर्च भएको थियो । आयातमा कमी, पर्यटक आगमनमा वृद्धि र रेमिट्यान्समा बढोत्तरी भएपछि विदेशी मुद्रा आर्जन भई शोधानान्तर बचतमा आएको छ भने सरकारको चालु खातामा सुधार भएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप