भारततर्फ लाँदै गरेको मदिरासहित बोलेरो बरामद
रौतहट । प्रहरीको गस्ती टोलीले सीमा क्षेत्रबाट ठुलो परिमाणमा मदिरासहित बोलेरो गाडी बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी बेलविछुवाको संयुक्त गस्ती टोलीले राजदेवी नगरपालिका–८ दशगजा नजिक मदिरा बोकेको बीआर ०६ पी ६७८० नम्बरको जिप बरामद गरेको हो ।
गाडीमा रक्सी लोड गरी नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देख्नसाथ बोलेरो जिप गाडी बेवारिसे अवस्थामा छाडी चालक फरार भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताएका छन् । बरामद गाडी ,१२२ कार्टुन सौफी रक्सीलाई आवश्यक कारबाहीको लागी शुक्रबार जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। भारत बिहारका मुख्यमन्त्री नितिश कुमारले बिहारमा मदिरा उत्पादन तथा बिक्री वितरण माथि प्रतिबन्ध गरेपछि सीमावर्ती क्षेत्र बाट मदिराको तस्करी हुँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण