वायुसेवाले सञ्चय कोषलाई बुझायो ३३ करोड रुपैयाँ
शनिबार, ३० पुस २०७९, १५ : १०
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पछिल्लो पटक शुक्रबार कर्मचारी सञ्चय कोषलाई तिर्नु पर्ने ऋण दायित्वको किस्ता बापतको ३३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ । कर्मचारी सञ्चय कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा न्यारोबडी जहाज खरिदको सावाँ र ब्याज बापतको रकम भुक्तानी गरिएको हो।
विगतमा विविध कारणले सञ्चयकोष तथा नागरिक लगानी कोषको ऋण दायित्व भुक्तानी नभइरहेकोमा निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपछि गत असार ३० गते १ अर्ब ३५ करोड रुपैयाँ र कात्तिक १ गते ७३ करोड ९ लाख ५५,२८१ भुक्तानी गरिसकेको प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण