आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

वायुसेवाले सञ्चय कोषलाई बुझायो ३३ करोड रुपैयाँ

शनिबार, ३० पुस २०७९, १५ : १०
शनिबार, ३० पुस २०७९

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पछिल्लो पटक शुक्रबार कर्मचारी सञ्चय कोषलाई तिर्नु पर्ने ऋण दायित्वको किस्ता बापतको ३३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ ।  कर्मचारी सञ्चय कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा न्यारोबडी जहाज खरिदको सावाँ र ब्याज बापतको रकम भुक्तानी गरिएको हो। 

विगतमा विविध कारणले सञ्चयकोष तथा नागरिक लगानी कोषको ऋण दायित्व भुक्तानी नभइरहेकोमा निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपछि गत असार ३० गते १ अर्ब ३५ करोड रुपैयाँ र कात्तिक १ गते ७३ करोड ९ लाख ५५,२८१ भुक्तानी गरिसकेको प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप