धनकुटामा हुने प्रादेशिक महोत्सवको तयारी तीव्र
धनकुटा । माघ ६ देखि १६ गतेसम्म धनकुटाको टुँडिखेलमा हुन गइरहेको पाँचौँ प्रादेशिक औद्योगिक व्यापार मेला तथा धनकुटा महोत्सवको तयारी पूरा हुने चरणमा रहेको आयोजकले जानकारी दिएको छ ।
आयोजक संस्था उद्योग वाणिज्य सङ्घ धनकुटाले आज महोत्सवस्थलमा पत्रकार सम्मेलन गरेर तयारी र कार्यक्रमका बारेमा जानकारी दिएको हो । सङ्घका अध्यक्ष विजय सन्तोषी राईले महोत्सवका लागि स्टल पूरा हुने चरणमा रहेको जानकारी दिए ।
माग धेरै आएकाले महोत्सवमा राख्न लागिएको एक सय ५० स्टलमा थप ३० स्टल थपिएको राईले जानकारी दिए । महोत्सवमा काठमाडौँका ५०, तराईका १५ वटा र अन्य एक सय ३७ उत्पादनमूलक र अन्य विभिन्न क्षेत्रका स्टल रहने उनले जानकारी दिए ।
दैनिक विभिन्न स्थानीय र राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने उक्त महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’बाट गरिने तय भएको सङ्घका उपाध्यक्ष तारा तितुङले जानकारी दिए ।
प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समापन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । महोत्सवमा रु पाँच करोड बराबरको कारोबार गर्ने लक्ष्य राखिएको आयोजकले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि लुम्बिनीमा कांग्रेसको आकस्मिक बैठक
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण