शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मलाई निर्माताहरुको साथ चाहिएको छ : बोर्ड अध्यक्ष केसी

शनिबार, ३० पुस २०७९, २२ : ०९
शनिबार, ३० पुस २०७९

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र सुटिङका क्रममा नै भिडियो खिचेर सार्वजनिक गर्ने क्रम बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । त्यस्ता क्रियाकलाप गर्नेलाई जरिवाना र फिल्ममा हुने क्षति बराबरको रकम तिराउने गरी कानुन निर्माण गर्न लागिएको अध्यक्ष केसीले जानकारी दिए ।

निर्माताहरूको ‘राष्ट्रिय भेला’लाई सम्बोधन गर्दै अध्यक्ष केसीले भने, “सुटिङ चलिरहेको दृश्य पहिल्य नै खिचेर विभिन्न सञ्चार माध्यममा सार्वजनिक गरिदिनाले निर्मातालाई ठूलो क्षति भइरहेको छ । यस्ता अमर्यादित क्रियाकलाप गरेको खण्डमा कडा सजाय दिने मात्र नभई जरिवाना र क्षतिपूर्ति तिराउन माग गरेका छौँ”, अध्यक्ष केसीले भने । 

उनले बोर्ड अध्यक्षका रुपमा करिब छ महिनामात्रै भएको भन्दै आफूलाई विभिन्न मुद्दा हालेर काम गर्न नदिएको गुनासोसमेत गरे । “कुन बेला निस्किन्छ र म अध्यक्ष बन्छु भनेर बसेका छन् । ती व्यक्तिले मलाई काम गर्न दिएका छैनन्”, अध्यक्ष केसीले भने, “मेरो कार्यकालमा चलचित्र विकासको लागि राम्रा काम गर्ने छु । चलचित्र क्षेत्रलाई प्रवर्द्धन गर्न सबै निर्माताहरू एकजुट हुनुको विकल्प छैन ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप