मलाई निर्माताहरुको साथ चाहिएको छ : बोर्ड अध्यक्ष केसी
काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र सुटिङका क्रममा नै भिडियो खिचेर सार्वजनिक गर्ने क्रम बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । त्यस्ता क्रियाकलाप गर्नेलाई जरिवाना र फिल्ममा हुने क्षति बराबरको रकम तिराउने गरी कानुन निर्माण गर्न लागिएको अध्यक्ष केसीले जानकारी दिए ।
निर्माताहरूको ‘राष्ट्रिय भेला’लाई सम्बोधन गर्दै अध्यक्ष केसीले भने, “सुटिङ चलिरहेको दृश्य पहिल्य नै खिचेर विभिन्न सञ्चार माध्यममा सार्वजनिक गरिदिनाले निर्मातालाई ठूलो क्षति भइरहेको छ । यस्ता अमर्यादित क्रियाकलाप गरेको खण्डमा कडा सजाय दिने मात्र नभई जरिवाना र क्षतिपूर्ति तिराउन माग गरेका छौँ”, अध्यक्ष केसीले भने ।
उनले बोर्ड अध्यक्षका रुपमा करिब छ महिनामात्रै भएको भन्दै आफूलाई विभिन्न मुद्दा हालेर काम गर्न नदिएको गुनासोसमेत गरे । “कुन बेला निस्किन्छ र म अध्यक्ष बन्छु भनेर बसेका छन् । ती व्यक्तिले मलाई काम गर्न दिएका छैनन्”, अध्यक्ष केसीले भने, “मेरो कार्यकालमा चलचित्र विकासको लागि राम्रा काम गर्ने छु । चलचित्र क्षेत्रलाई प्रवर्द्धन गर्न सबै निर्माताहरू एकजुट हुनुको विकल्प छैन ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण