गृह मन्त्रालयद्वारा भूकम्प सुरक्षा दिवसको कार्यक्रम स्थगित
आइतबार, ०१ माघ २०७९, १७ : १४
काठमाडौँ । पोखरामा भएको विमान दुर्घटनाको घटनापछि गृह मन्त्रालयले आइतबार गर्ने भनेको समारोह स्थगित गरेको छ । हरेक वर्ष माघ २ गतेका दिन मनाइँदै आइएको राष्ट्रिय भूकम्प सुरक्षा दिवसको कार्यक्रम यसवर्षपनि गृहमन्त्रीको नेतृत्वमा विषेश समारोहका साथ गर्ने तयारी थियो ।
भोलिको २५ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह स्थगित भएको गृहमन्त्रीका प्रेस सल्लाहाकार नवराज पाण्डेले जनाएका छन् । वि.सं १९९० साल माघ २ गते गएको भूकम्पको स्मृतिमा हरेक वर्ष राष्ट्रिय भूकम्प दिवस मनाउँदै आइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन