मूल्य घटाएसँगै २० प्रतिशतले घट्यो टेस्लाको सेयर

काठमाडौँ । बिक्री नभएको भन्दै टेस्लाले युरोप र अमेरिकामा मूल्य घटाएसँगै सेयर मूल्यमा ४ प्रतिशतसम्म गिरावट आएको छ । समाचार संस्था सीएनएनका अनुसार कम्पनीले २० प्रतिशतसम्म मूल्य घटाएसँगै सेयर मूल्य समेत प्रभावित बनेको हो ।
पछिल्लो समय बिक्री नभएको भन्दै कम्पनीले विश्वभर मूल्य घटाइरहेको छ । अघिल्लो साता चीनसहित एसियाली मुलुकमा मूल्य घटाएको टेस्लाले हालसालै युरोप र अमेरिकी बजारमा मूल्य घटाएको छ । यसले सिधारुपमा कम्पनीको सेयर मूल्य प्रभावित बनेको बताइएको छ ।
टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले मन्दीको जोखिम र बढ्दो ब्याजदरलाई चूनौती दिनका लागि कारको मूल्य घटाउन आवश्यक छ । उनले कम्पनीको नाफा कटाएर पनि बिक्री बढाउनुपर्ने भएकाले मूल्य घटाइरहेको जानकारी दिए ।
निरन्तर मूल्य घटेसँगै सन् २०२२ को सुरुवातदेखि कम्पनीको सेयर मूल्य ६५ प्रतिशतले घटेको छ । गत वर्षको मूल्य ज्यादै महँगो भएकाले त्यसलाई घटाउन आवश्यक रहेको मस्कको भनाइ छ ।
मूल्य घटेसँगै अमेरिका र युरोपमा बजारमा यसअघि ६५ हजार ९९० अमेरिकी डलर पर्ने टेस्लाको मोडल वाईको मूल्य घटेर ५२ हजार ९९० डलर कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ प्रतिशत दलित समुदायलाई १ प्रतिशत बजेट !
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
संघीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल
-
सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित
-
२ सय पटक सर्पले टोकेपछि मान्छेको रगतमै बन्यो एन्टिभेनम
-
जेलेन्स्कीले भने- दबाब बिना रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्दैन