तेश्रो यलम्बर कप ब्याडमिन्टन सुरु
काठमाडौँ । नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको आयोजनमा आइतबारदेखि ललिपुरमा तेश्रो यलम्बर कप तथा प्रथम राष्ट्रव्यापी भेट्रान ब्याडमिन्टन च्याम्पियनसिप सुरु भएको छ । आज पहिलो दिनको खेलमा जुनियर तर्फ ब्वाईज यु–१९ को खेलमा एपिएफका क्षितिज खनाल र सेनाका सुनिलजंग कार्कीले जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएका छन् । क्षितिजले सेनाका सुविन श्रेष्ठलाई २१–१३, २१–१४ ले तथा सुनिलले योङ्गसटर ब्याडमिन्टन क्लबका सम्यक शाक्यलाई २१–११, २१–९ ले पराजित गरे ।
यस्तै अन्तिम १६ मा प्रवेश गर्ने क्रममा सेनाका सन्तोष पनेरुले देवी नगर ब्याडमिन्टन क्लबका सक्षम ढकालबाट वाकओभर, दाङ्गका अरुण अधिकारीले वाईसीवीसीका रिजन मगरलाई २१–१०, २१–१० को सोझो सेटमा, सेनाका डेभिड थापा मगरले एपिएफका अनिष गुरुङ्गलाई २१–८, २१–८ ले, अमन तामाङले मानभवनका संगम मोक्तानलाई २१–९, २१–११ ले, सुमिनिमाका अविनाष कार्कीले एपिएफका अमन महर्जनलाई २१–१९, २१–१७ ले, सेनाका अनिल मल्लले वाईसीबीसीका सप्तेन हाङ्ग राईलाई २१–६, २१–६ ले, सेनाका कविर के.सी.ले गुल्मीका जेनिस थकालीबाट वाक ओभर, कञ्चनपुरका निखिल भट्टले देवनगरका अदिश कार्कीलाई २१–१०, २१–११ ले पराजित गरे ।
सैगरी राजेश क्षेत्रीले योङ्गस्टरका सुगत शाक्यलाई २१–१४, २१–११ ले, सेनाका हिमाल चन्दले एपिएफका आरुश सिमखडालाई २१–७, २१–१० ले, महेश खड्काले सूर्यदर्शनका अमन डङ्गोलबाट वाकओभर, एपिएफका रोशन साउदले सेनाका अभय महरलाई २१–११, २१–१५ ले, वाईसीबीसीका किरण न्यौपानेले इन्टरनेशनल ब्याडमिन्टन देव सेन्टरका अक्षत ढुङ्गेललाई २१–२, २१–७ ले तथा सेनाका नरेन्द्र बमले एपिएफका प्रारम्भ सिमखडालाई २१–११, २१–१३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउन सफल भए ।
च्याम्पियनसिपमा पुरुष युगल (शिर्ष २० बरियता बाहेक), ५५ बर्ष माथिको भेट्रान युगल, ४५ बर्ष माथि युगल, ३५ वर्ष माथि युगल, शीर्ष २० बरियता बाहेकका महिला एकल, १९ वर्ष मुनि शीर्ष २० बरियता बाहेकको इभेन्टस् रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण