मतदाता नामावली दर्ता आजदेखि सुरु
काठमाडौँ । मतदाता नामावलीको अनलाइन प्रारम्भिक दर्ता मङ्गलबारदेखि सुरु हुँदै छ । निर्वाचन आयोगले माघ २ गते सोमबारदेखि नै अनलाइन दर्ता सुरु हुने जनाएको थियो । तर सोमबार राष्ट्रिय शोक बिदा परेकाले आजबाट दर्ता सुरु हुने आयोगले जनाएको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले मङ्गलबारदेखि ७७ वटै जिल्लामा अनलाइन दर्ता सुरु हुने बताए । प्रारम्भिक दर्तासँगै नामावली स्थानान्तरण, मतदाता नामावली अद्यावधिक गर्ने कार्यसमेत सँगै सुरु हुने सहायक प्रवक्ता भुसालले बताए ।
यसअघि बायोमेट्रिक भोटर्स रजिस्ट्रेसन सिस्टम (बीभीआईआर)मार्फत नामावली दर्ता हुँदै आएकोमा प्रणालीलाई स्तरोन्नति गरेर मोबाइलबाटै आफ्नो विवरण राख्न मिल्नेगरी प्रारम्भिक दर्ता सुरु हुन लागेको हो ।
प्रारम्भिक दर्ता भएपछि आयोगले पालो आउने दिनसहितको विवरण मोबाइलमा पठाउनेछ । त्यसपछि नामावली दर्ता गराउने व्यक्तिले बायोमेट्रिकका लागि सम्बन्धित निर्वाचन कार्यालयमा पुग्नुपर्ने आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण