विजयलाई ‘पराजय’को स्वाद चखाउने भगवती अन्ततः बनिन् मन्त्री
विराटनगर । सुनसरी क्षेत्र नम्बर ३ बाट कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन् । संसद यात्रासँगै आजबाट उनी मन्त्रीको भूमिकामा देखिने भएकी छन् । नेकपा एमालेबाट उनी वर्तमान सरकारमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रुपमा सरकारमा सामेल भएकी छन् ।
प्रतिनिधिसभा निर्वाचनमा चौधरीले ४० हजार ७८८ मत पाउँदा गच्छदारले ३५ हजार ६ सय मत पाएका थिए । सातौं पटक विजयी बन्ने लक्ष्य लिएका गच्छदारलाई उनै चौधरीले फराकिलो मतले पराजित गरेकी थिइन् ।
जननेता स्वर्गीय मदन भण्डारीको आदर्शबाट अभिप्रेरित भएर राजनीतिमा लागेको बताउने चौधरी नेकपा एमालेको केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्ज हुन् । उनी २०६४ सालको पहिलो संविधानसभा सदस्य हुँदै वन तथा भू–संरक्षण राज्यमन्त्री समेत बनेकी थिइन् ।
२०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा उनी विजयकुमार गच्छदारसँग पराजित भइन् । चौधरी पुनः नेकपा एमालेबाटै २०७४ सालको आम निर्वाचनमा सोही क्षेत्रमा उम्मेदवार बनिन् तर फेरि पनि गच्छदारसँग पराजित भइन् । त्यसबेला चौधरीले ३८ हजार ६५१ मत ल्याउँदा गच्छदारले त्यो भन्दा ३५७ मत बढी अर्थात् ३८ हजार ९७२ मत ल्याएका थिए ।
५१ वर्षीय चौधरी लामो समयदेखि सामाजिक र आर्थिक क्षेत्रमा सक्रिय छिन् । उनले लघुवित्त कार्यक्रम मार्फत महिलाको आर्थिक र सामाजिक जीवनस्तर उकास्न भन्दै फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था स्थापना गरेकी छन् । समाजशास्त्र, व्यवस्थापनमा स्नातकोत्तर गरेकी उनी पिएचडी अध्ययनरत हुन् । सुनसरीको दुहबी–२ स्थायी ठेगाना भएकी चौधरीको जन्मस्थान भने साविक औराबनी गाविस (हाल गढी गाउँपालिका) हो ।
उनले २०४८ सालमा नेकपा एमालेको पार्टी सदस्यता लिएकी हुन् । २०५८ सालदेखि सक्रिय राजनीतिमा लागेकी उनी २०६४ सालमा नेकपा एमालेको सुनसरी जिल्ला समिति सदस्य बनिन् । ०७० सालमा कोशी अञ्चल समन्वय कमिटी सदस्य र २०७८ को चितवनमा सम्पन्न एमालेको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्य तथा श्रम तथा स्वरोजगार केन्द्रीय विभागको उपप्रमुख थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि लुम्बिनीमा कांग्रेसको आकस्मिक बैठक
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण