उद्धार कार्यमा कुनै कमजोरी नगर्न पर्यटन मन्त्रीको निर्देशन
मङ्गलबार, ०३ माघ २०७९, २१ : १२
काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मंगलबार पदबहाली पश्चात् नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको टोलीसँग नेपालको समग्र हवाई सुरक्षाको स्थितिबारे जानकारी लिएका छन् ।
आइतबार यति एयरलाइन्सीको 9N-ANC एटीआर-७२ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक सेती खोँच भन्ने स्थानमा भएको दुर्घटना तथा तत्पश्चात् गरिएको खोज तथा उद्धार कार्यका बारेमा भइरहेका कार्यहरूको विषयमा मन्त्री किराँतीले जानकारी लिएका हुन् ।
मन्त्री किराँतीले खोज तथा उद्धार कार्यमा कुनै कमी कमजोरी रहन नदिन आवश्यक सम्पूर्ण कार्यहरू गर्न प्राधिकरणलाई निर्देशन दिएको महानिर्देशकको सचिवालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण