शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उद्धार कार्यमा कुनै कमजोरी नगर्न पर्यटन मन्त्रीको निर्देशन

मङ्गलबार, ०३ माघ २०७९, २१ : १२
मङ्गलबार, ०३ माघ २०७९

काठमाडौँ ।  नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मंगलबार पदबहाली पश्चात् नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको टोलीसँग नेपालको समग्र हवाई सुरक्षाको स्थितिबारे जानकारी लिएका छन् । 

आइतबार यति एयरलाइन्सीको 9N-ANC एटीआर-७२ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक सेती खोँच भन्ने स्थानमा भएको दुर्घटना तथा तत्पश्चात् गरिएको खोज तथा उद्धार कार्यका बारेमा भइरहेका कार्यहरूको विषयमा मन्त्री किराँतीले जानकारी लिएका हुन् ।

मन्त्री किराँतीले खोज तथा उद्धार कार्यमा कुनै कमी कमजोरी रहन नदिन आवश्यक सम्पूर्ण कार्यहरू गर्न प्राधिकरणलाई निर्देशन दिएको महानिर्देशकको सचिवालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप