‘भगवत् गीता’ मा भित्रिए विपिन
_rHjO2QlS41.jpg)
काठमाडौंँ । फिल्म ‘भगवत् गीता’मा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन् । अभिनेत्री झरना थापाको निर्देशन रहने फिल्मका लागि अभिनेता कार्की र थापाबीच बुधबार कागजी सम्झौता भएको हो । फिल्मको कथा र चरित्र मन परेकोले विपिन अभिनयको लागि राजी भएको निर्माण युनिटले जनाएको छ ।
विपिन केही दिन पहिले फिल्म ‘प्रसाद २’ को छायाङ्कन सकेर काठमाडौँ फर्किएका थिए । विपिनभन्दा अघि दयाहाङ राई र सौगात मल्ललाई फिल्मको अफर गरिएको थियो । व्यस्त सेड्युलका कारण दुवैले नभ्याउने भएपछि निर्माण टिमले विपिन भित्र्याएको हो । सुनीलकुमार थापा निर्माता रहेको फिल्ममा अभिनेता धीरज मगर र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहनेछ ।
माघ २० गतेबाट छायाङ्कन सुरु हुने फिल्म आगामी बैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । अन्तर्जातीय प्रेमकथामा निर्माण हुन लागेको फिल्म जनकपुर र दार्चुलामा छायांकन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्षिक एक करोडभन्दा बढीको माछा कारोबार गर्दै भवानीशङ्कर
-
विपद्मा परी मधेसमा चालु आर्थिक वर्षमै ४ सय २२ को मृत्यु
-
भारतीय राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न
-
नेपालको हार तर बने यी रेकर्ड
-
१२ बजे १२ समाचारः बागमतीमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट, ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल
-
ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल