‘भगवत् गीता’ मा भित्रिए विपिन
काठमाडौंँ । फिल्म ‘भगवत् गीता’मा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन् । अभिनेत्री झरना थापाको निर्देशन रहने फिल्मका लागि अभिनेता कार्की र थापाबीच बुधबार कागजी सम्झौता भएको हो । फिल्मको कथा र चरित्र मन परेकोले विपिन अभिनयको लागि राजी भएको निर्माण युनिटले जनाएको छ ।
विपिन केही दिन पहिले फिल्म ‘प्रसाद २’ को छायाङ्कन सकेर काठमाडौँ फर्किएका थिए । विपिनभन्दा अघि दयाहाङ राई र सौगात मल्ललाई फिल्मको अफर गरिएको थियो । व्यस्त सेड्युलका कारण दुवैले नभ्याउने भएपछि निर्माण टिमले विपिन भित्र्याएको हो । सुनीलकुमार थापा निर्माता रहेको फिल्ममा अभिनेता धीरज मगर र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहनेछ ।
माघ २० गतेबाट छायाङ्कन सुरु हुने फिल्म आगामी बैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । अन्तर्जातीय प्रेमकथामा निर्माण हुन लागेको फिल्म जनकपुर र दार्चुलामा छायांकन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण