१० वर्ष जेलमा बसेर छुटेपछि श्रृङ्खलाबद्ध लुटपाटको धन्दा, ७७ लाख लुटेपछि समातिए मनराज
काठमाडौँ । श्रृङ्खलाबद्ध डकैटी तथा लुटपाटको घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काभ्रेको तिमाल गाउँपालिका वडा नम्बर ५ घर भएका ३२ वर्षीय रोमन भनिने मनराज तामाङलाई पक्राउ गरेको हो ।
प्रहरीले उनलाई तिमालस्थित घर नजिकैबाट मंगलबार पक्राउ गरेको हो । उनलाई अहिले प्रहरी वृत्त बौद्धमा राखेर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ ।
१० वर्ष खुन डाँका मुद्दामा जेल परेका उनी छुटेपछि फेरि डकैती धन्दामा संलग्न भएको खुलेको छ । ०६८ असोज २२ गते ललितपुरको सिरुवारीमा लुटपाटका क्रममा उनले गोली चलाउँदा श्रवण खड्काको मृत्यु भएको थियो । सो घटनामा पक्राउ परेका उनी १० वर्ष जेल बसेका हुन् ।
जेलबाट छुटेपछि उनले गत असार ६ देखि साउन २४ गतेसम्मको अवधिमा लुटपाट र डकैतीमा संलग्न भएका थिए भने अनुसन्धानको क्रममा उनी फरार थिए । उनले ४ वटा घटनामा ७७ लाख ६० हजार ८७४ रुपैयाँ बराबरको धनमाल लुटेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान