१० वर्ष जेलमा बसेर छुटेपछि श्रृङ्खलाबद्ध लुटपाटको धन्दा, ७७ लाख लुटेपछि समातिए मनराज
काठमाडौँ । श्रृङ्खलाबद्ध डकैटी तथा लुटपाटको घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काभ्रेको तिमाल गाउँपालिका वडा नम्बर ५ घर भएका ३२ वर्षीय रोमन भनिने मनराज तामाङलाई पक्राउ गरेको हो ।
प्रहरीले उनलाई तिमालस्थित घर नजिकैबाट मंगलबार पक्राउ गरेको हो । उनलाई अहिले प्रहरी वृत्त बौद्धमा राखेर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ ।
१० वर्ष खुन डाँका मुद्दामा जेल परेका उनी छुटेपछि फेरि डकैती धन्दामा संलग्न भएको खुलेको छ । ०६८ असोज २२ गते ललितपुरको सिरुवारीमा लुटपाटका क्रममा उनले गोली चलाउँदा श्रवण खड्काको मृत्यु भएको थियो । सो घटनामा पक्राउ परेका उनी १० वर्ष जेल बसेका हुन् ।
जेलबाट छुटेपछि उनले गत असार ६ देखि साउन २४ गतेसम्मको अवधिमा लुटपाट र डकैतीमा संलग्न भएका थिए भने अनुसन्धानको क्रममा उनी फरार थिए । उनले ४ वटा घटनामा ७७ लाख ६० हजार ८७४ रुपैयाँ बराबरको धनमाल लुटेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण