गण्डकी प्रदेश सरकारको लोगो परिमार्जन
कास्की । गण्डकी प्रदेश सरकारले लोगोमा केही परिमार्जन गरेको छ । यसअघि प्रदेश सरकारको लागोमा एकरूपता नआएको भन्दै मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले लोगो परिमार्जन गरेको हो ।
बैठकले प्रदेश सरकारको लोगामा ‘गण्डकी प्रदेश सरकार’ थप्ने निर्णय गरेको प्रवक्ता सीता सुन्दासले बताइन् । ‘प्रदेश सरकारका सबै लेटरप्याड र छापमा एक रुपता नआएकाले मन्त्रिपरिषद्को निर्णय गरेर नै एउटै बनाउने निर्णय भएको छ । विगतमा प्रदेश सरकारको लेटर प्याड र छापमा केहीमा प्रदेश सरकार कतै गण्डकी प्रदेश सरकार भएको पाइएको प्रवक्ता सुन्दासले सुनाइन् ।
यो निर्णयसँगै प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखराको स्थानमा अब गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखरा लेखिनेछ । बैठकले प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा डा. विनोदविन्दु शर्मालाई नियुक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण