ग्लोबल आईएमई लघुवित्तले घोषणा गर्यो लाभांश
बिहीबार, ०५ माघ २०७९, १० : २१
काठमाडौँ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेका छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई २० प्रतिशतका दरले लाभांस घोषणा गरेको हो ।
कम्पनीको १६५औं सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) प्रस्ताव गरेको हो । लघुवित्तले आफ्ना लगानीकर्तालाई ६ करोड ६३ लाख १० हजार ७१९ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने छ । यस्तै, ४ करोड ४२ लाख ७ हजार १४६रुपैयाँ बराबरको नगद लाभांस वितरण गर्नेछ ।
लघुवित्तले कूल ११ करोड ५ लाख १७ हजार ८६५ रुपैयाँ बराबरको लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ । सञ्चालक समितिको बैठकले गरेको यो प्रस्ताव आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण