सुनको मूल्य स्थिर, चाँदीको घट्यो
बिहीबार, ०५ माघ २०७९, १० : ५९
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको जानकारी दिएको छ । आजको मूल्यसूची तोक्दै महासंघले हिजोकै मूल्यमा आज सुनको कारोबार हुने जानकारी दिएको हो ।
यसअनुसार, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार रुपैयाँ कायम छ । हिजो बुधबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।
पछिल्लो समय निरन्तर बढेर तोलामा १ लाख ५ हजार २०० रुपैयाँसम्म पुुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर घट्दै आजको मूल्यमा आइपुुगेको हो ।
यस्तै, महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । हिजो बुधबार तोलामा १३ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा १३ सय ५५ रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायी महासंघले माग्यो ठेक्का तोडिएका आयोजनाको विवरण
-
सांसद श्रेष्ठको प्रधानमन्त्रीलाई प्रश्न : भारतले मागे के दिनुहुन्छ ?
-
ड्युटीमा फर्किएसँगै महानगर प्रहरीले जथाभावी पार्किङ हटाउन थाल्यो (तस्बिरहरू)
-
बिना तयारी सुकुमबासी बस्ती हटाउँदा ९ जनाको मृत्यु
-
गणेश नेपालीको अग्नि विद्रोह र गोठालो पुँजीवाद
-
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण