ड्युटीमा फर्किएसँगै महानगर प्रहरीले जथाभावी पार्किङ हटाउन थाल्यो (तस्बिरहरू)
सारांश
- ड्युटीमा फर्किएसँगै काठमाडौँ महानगर प्रहरीले बुधबार नयाँ सडक (न्युरोड) क्षेत्रमा जथाभावी पार्किङ गरिएका सवारीसाधन हटाउने अभियान सञ्चालन गरेको छ।
- रिजर्भ फोर्सबाहेकका नगरप्रहरी नियमित रूपमा फिल्डमा परिचालित छन् र सहरी सुव्यवस्था कायम गर्न जिम्मेवारीबाट पछि नहट्ने नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीले बताए।
- राहदानी विभागअगाडि आत्मदाहको प्रयासपछि केही दिन महानगर प्रहरी फिल्डमा सक्रिय नहुँदा अव्यवस्थित पार्किङ र फुटपाथ अतिक्रमण बढेपछि पुनः प्रहरी परिचालन गरिएको हो।
काठमाडौं । काठमाडौँ महानगरपालिकाको महानगर प्रहरी पुनः नियमित रूपमा फिल्डमा खटिन थालेको छ। ड्युटीमा फर्किएसँगै महानगर प्रहरीले बुधबार नयाँ सडक (न्युरोड) क्षेत्रमा जथाभावी पार्किङ गरिएका सवारीसाधन हटाउने अभियान सञ्चालन गरेको छ ।
महानगर प्रहरी बलका प्रमुख एवं नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुप्रसाद जोशीका अनुसार हाल रिजर्भ फोर्सबाहेकका नगरप्रहरी नियमित रूपमा फिल्डमा परिचालित छन्। उनले सहरी सुव्यवस्था कायम गर्न महानगर प्रहरी आफ्नो जिम्मेवारीबाट पछि नहट्ने बताए।
त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि ह्विललक विवादपछि मुगुका गणेश नेपालीले आत्मदाहको प्रयास गर्दा उपचारका क्रममा मृत्यु भएपछि केही दिन महानगर प्रहरी फिल्डमा सक्रिय रूपमा खटिएका थिएनन्। त्यसपछि अव्यवस्थित पार्किङ र फुटपाथ अतिक्रमण बढेको भन्दै गुनासो आएपछि महानगरले पुनः प्रहरी परिचालन गरेको हो।
_gnXBKlVgkz.jpg)
_5qZZ7HnaT5.jpg)
_knmwh1rY4V.jpg)
_iLtHl5NRb9.jpg)
_2vuF8ZpUTp.jpg)
_UOsR1ygLga.jpg)
_tAPo4rL4GI.jpg)
_fjRyB90VKK.jpg)
_nkHdbPvnzb.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण