हत्या आरोपित सांसदलाई पक्राउ गर्ने बारे गृहमन्त्री : विधि र पद्धतिभन्दा मन्त्रालय बाहिर जाँदैन
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले आफू कुनै प्रभाव र दबाबमा नपरेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा सभामुखको निर्वाचन प्रक्रियामा एमाले सांसद देवराज घिमिरेलाई समर्थन गर्ने क्रममा सो उनले सो प्रतिबद्धता जनाएका हुन् ।
गृहमन्त्री लामिछानेले नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले फरार रहेका व्यक्ति संसद्मा भएको र पक्राउको माग गर्न आग्रह गरेको कुरालाई खण्डन गर्दै उनले विधि र पद्धतिको पक्षमा गृह मन्त्रालय रहेको बताए । उनले मन्त्रालयले आफ्नो विधिअनुसार काम गर्दा दबाब र प्रभावमा नपार्न आग्रह गरे ।सुरक्षाकर्मीको हत्या आरोपमा फरार रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी संसद्मा आउजाउ गर्दा पनि पक्राउ परेका छैनन् । प्रहरीको फरार सूचीमा रहेकै बेला कोइरी महोत्तरी–१ बाट निर्वाचित थिए । उनले सांसद पदको शपथ लिनुका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएका थिए । उनले भने, ‘फरार रहनुभएका मानिस संसद्मा हुनुहुन्छ, पक्राउ गर्न भन्नुभयो, विधि र पद्धतिभन्दा बाहिर गएर गृह मन्त्रालय एक कदम बाहिर निस्किँदैन । यो प्रक्रियामा कसैले दबाब र प्रभाव पार्नुहुने छैन भन्ने आशा छ, विधि स्थापित गरेर कर्मचारीको सरुवा बढुवा हुन्छ । गृह मन्त्रालय आफ्नो निर्णयमा टसमस छैन । हामीले विधि र पद्धति स्थापित गर्छौँ भनेर देखाइरहनु पर्दैन, यो स्वतःसिद्ध छ ।’
लामिछानेले आम नागरिकलाई प्रतयक्ष सरोकार राख्ने शिक्षा,स्वास्थ्य लगायतका विषयमा संसदले आवश्यक काम अघि बढाउन नसकेको बताए । उनले शिक्षा,स्वास्थ्यका विषयमा सरकारले आवश्यक नीति बनाउन चुकेको जिकिर गरे । उनले सभामुख जस्तो गरिमामय पदलाई बचाउन आवश्यक रहेको बताए । उनले दलगत कुराभन्दा माथि उठेर आगामी दिनमा सभामुखले आफ्नो भूमिका निष्पक्ष रुपमा सम्पन्न गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण