शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
प्रतिनिधिसभा बैठक

ओलीलाई विश्वप्रकाशको प्रश्न : उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर प्रधानमन्त्रीलाई पिँजडामा पार्न खोजिएको त हैन ?

बिहीबार, ०५ माघ २०७९, १२ : ३०
बिहीबार, ०५ माघ २०७९

नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर प्रधानमन्त्रीलाई पिँजडामा थुन्न खोजेको त हैन भन्दै प्रश्न गरेका छन् । 

बिहीबार प्रतिनिधि सभाको बैठकमा सभामुखको उम्मेदवारमा ईश्वरी देवी न्यौपानेलाई प्रस्ताव गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेका हुन् । 
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने क्रममा कांग्रेसले पनि बिश्वासको मत दिएपछि एमाले अध्यक्ष ओलीले कांग्रेसले माछा जालमा पारेर ढोक्सामा हाल्ने चाल चालेको त हैन भन्दै कांग्रेसमाथि गरेको प्रश्नको जवाफ दिदै शर्माले माछा जालमा पार्ने कांग्रेसको कुनै सोचाई नरहेको उल्लेख गरे । 

उनले कांग्रेस जिम्मेवार प्रतिपक्षमा बस्ने जानकारी गराए । बरू एमालेले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर प्रधानमन्त्रीलाई काम गर्न नदिन पिजडा बनाउन खोजेको आरोप लगाए । 

उनले केपी ओली प्रधानमन्त्री भएको बेला त्यस्तै संयन्त्र बनाउ भन्दा  संविधानले नचिन्ने संयन्त्र मान्दिन भन्ने तर अहिले आएर किन त्यही संयन्त्र बनाउनुपरेको भन्दै प्रश्न गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप