ओलीलाई विश्वप्रकाशको प्रश्न : उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर प्रधानमन्त्रीलाई पिँजडामा पार्न खोजिएको त हैन ?
नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर प्रधानमन्त्रीलाई पिँजडामा थुन्न खोजेको त हैन भन्दै प्रश्न गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा सभामुखको उम्मेदवारमा ईश्वरी देवी न्यौपानेलाई प्रस्ताव गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने क्रममा कांग्रेसले पनि बिश्वासको मत दिएपछि एमाले अध्यक्ष ओलीले कांग्रेसले माछा जालमा पारेर ढोक्सामा हाल्ने चाल चालेको त हैन भन्दै कांग्रेसमाथि गरेको प्रश्नको जवाफ दिदै शर्माले माछा जालमा पार्ने कांग्रेसको कुनै सोचाई नरहेको उल्लेख गरे ।
उनले कांग्रेस जिम्मेवार प्रतिपक्षमा बस्ने जानकारी गराए । बरू एमालेले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर प्रधानमन्त्रीलाई काम गर्न नदिन पिजडा बनाउन खोजेको आरोप लगाए ।
उनले केपी ओली प्रधानमन्त्री भएको बेला त्यस्तै संयन्त्र बनाउ भन्दा संविधानले नचिन्ने संयन्त्र मान्दिन भन्ने तर अहिले आएर किन त्यही संयन्त्र बनाउनुपरेको भन्दै प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण